मसाेट- घाेराही भाडा १०० रुपैयाँ.. ?

२१ साउन, दाङ
लमही- घाेराही सडक खण्ड पुल मर्मतकाे लागि सवारी साधन राेकिएपछि यात्रुहरुलाई निकै सास्ती भएको छ । मसाेटदेखि घाेराहीकाे जम्मा ७ किमिमा १०० रुपैयाँ भाडा लिएकाे पाइएकाे छ ।

घाेराहीबाट मसाेट पुलसम्म बसले यात्रु लिएर अटाेमा चढाइदिँदा भाडा महंगो भएकाे वयोवृद्ध एवम् यात्रु विन्तिराम यादवले बताए । घाेराहीबाट मसाेटसम्म बसले ल्याएर लमही पुग्न बस नहालेर अटाे चलाउनु प्रशासन र यातायात व्यवसायीकाे ठुलाे बदमासी भएको उनले प्राणमञ्च अनलाइनसँग गुनासाे गरे ।

अटाेले जबर्जस्ती बसालेर सय रुपैयाँ भाडा किन असुलिरहेकाे ? भन्ने हाम्राे प्रश्नमा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जिल्ला ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुले मनाेमानी गरेकाेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र उत्पन्न समस्या समाधानमा लागिरहेको बताएका छन् । घाेराही लमही सडककाे मसाेट पुल जिर्ण भएर मर्मत गर्नुपर्ने भएकोले यही साउन २१ देखि २४ सम्म साे पुलमा सवारी साधन आवतजावतमा राेक लगाइएको छ ।

एकतर्फी सवारी साधन चल्ने साँघुरो पुल लामाे समयदेखि जिर्ण अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation