खोलामा डुबेर बालक बेपत्ता !

२६ साउन, जनकपुरधाम

सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेका छन् ।

आज बिहान १० बजेतिर स्थानीय उत्सवको लागि भगवानपुर गाउँपालिका १ स्थित बलान खोलामा जल भर्न गएको बेला उनी बेपत्ता भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

उनका अनुसार बालकको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजबिन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation