लिपुलेक हुँदै सीमा व्यापार गर्ने चीन र भारतबीच सहमति

 

४ भदौ, काठमाडौं

चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ ।

नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछि उत्पन्न परिस्थितिका बीच उच्चस्तरीय भेटमा यो सहमति भएको हो ।

गलवान उपत्यकामा भएको तनावपछि भारत-चीनबीच तनावको परिस्थिति सिर्जना भएको थियो । त्यो घटनापछि दोस्रो पटक उच्चस्तरीय भेटवार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दुई दिने भारत भ्रमणपछि मंगलबार जारी विज्ञप्तिमा १२ बुँदे सहमतिको विषयहरु सार्वजनिक गरिएको छ । त्यसको ९ औं बुँदामा भनिएको छ, ‘दुवै पक्षले तोकिएका तीन नाकाहरू लिपुलेक पास, शिप्कीला पास र नाथुला पासमार्फत सीमानापार व्यापार पुन: सुरु गर्न सहमत भएका छन् ।’

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा गरेको चीन भ्रमणका क्रममा समेत लिपुलेक पासबाट व्यापास गर्ने सहमति भएको थियो । त्यसबेला नेपाली भूमि हुँदै व्यापार गर्ने विषयमा नेपाललाई जानकारी नदिई भएको सहमतिप्रति विरोध समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation