वार्षिक मूल्यवृद्धि ४.०६ प्रतिशत !

 

८ भदौ, काठमाडौं

वार्षिक मुद्रास्फीति ४.०६ प्रतिशत कायम भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आव २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आवको तुलनामा केही कम भएको पाइएको छ ।

आव २०८०/८१ मा ५.४४ प्रतिशत थियो । असारमा मात्र हेर्दा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत रहेको छ । २०८१ असारमा यस्तो मुद्रास्फीति ३.५७ प्रतिशत रहेको थियो ।

यस आवमा अघिल्लो आवको तुलनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घ्यू तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ ।

मरमसला उपसमूहको मूल्य सूचकांक २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ । खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ४.६९ प्रतिशत रहेको छ । अघिल्लो आवमा यो समूहको मुद्रास्फीति ६.४७ प्रतिशत थियो ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पाको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ४.७८ प्रतिशत र सूर्तिजन्य पदार्थको ४.३७ प्रतिशत रहेको छ ।

गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ । यो समूहको गत आवमा ४.६४ प्रतिशत रहेको थियो ।

क्षेत्रगत रुपमा हेर्दा काठमाडौं उपत्यकामा ३.७७ प्रतिशत, तराइमा ४.१४ प्रतिशत, पहाडमा ३.८६ प्रतिशत र हिमालमा ४.८९ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रको औसत: उपभोक्ता मूल्य सूचकांक ४.४० प्रतिशत र शहरी क्षेत्रको ३.९४ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा हेर्दा कोशीको ५.४६ प्रतिशत, मधेशको ४.१४ प्रतिशत, बागमतीको १.८१ प्रतिशत, गण्डकीको १.७१ प्रतिशत, लुम्बिनीको १.७८ प्रतिशत, कर्णालीको १.८६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.७४ प्रतिशत मुद्रास्फीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation