मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

दोलखाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा स्ववियु सभापतिको मृत्यु भएको छ।

दोलखाकै गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति करिब नौ बजे भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा बा. ५३ प ८८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा च्छोरोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो।

बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर–५ माटीका स्थानीय बासिन्दा हुन्। उनले चलाएको मोटरसाइकलमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्याम बहादुर खत्री पनि सवार थिए। दुर्घटनामा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु जिरी सड्क खण्डमा बा।प्र।०२(०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बा प्र०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation