सिरहामा आमा-छोरा मृत भेटिए, ९ महिने शिशु सिकिस्त

१७ भदौ, जनकपुरधाम

सिरहाको लहानमा आमा र छोरा मृत फेला परेका छन् ।

लहान नगरपालिका-१ मटिअर्वा घर भई लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन् ।

नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ ।

घटनास्थलमा प्रहरी पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो । त्यही फ्ल्याटमा बस्दै आएकाले खबर गरेपछि प्रहरी पुगेर ढोका खोलेको थियो ।

आमाले घरायसी विवादमा दुई छोरालाई विष खुवाएर आफैंले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation