चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी

२४ भदौ, काठमाडौं

रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप आक्रामक बनेको छ ।

देशभरका विभिनन कर्फ्यू जारी भएका स्थानमा प्रदर्शन सुरु भइसकेको छ । यसैबीच रौतहटको इन्द्रिस गेटमा टायर बालेर विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

त्यस्तै, रौतहटको यमुनामाई माध्यमिक विद्यालयका विद्यार्थीहरू गौर–चपुर सडक खण्डमा शेख इद्रिस गेट नजिक टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation