ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई सैन्य विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ।

७० वर्षीय बोल्सोनारो सैन्य विद्रोह षड्यन्त्रको आरोपमा दोषी ठहर भएको केही घण्टापछि त्यहाँको सर्वोच्च अदालतका पाँच न्यायाधीशको इजलासले सजाय सुनाएको हो।

सन् २०२२ को चुनावमा आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला डा सिल्भासँग हारेपछि सत्ता कब्जा गर्ने उद्देश्यले गरिएको षड्यन्त्रको नेतृत्व गरेको आरोपमा उनी दोषी ठहर भएका हुन्। ५ न्यायाधीशमध्ये एक न्यायाधीशले भने बोल्सोनारो निर्दोष रहेको विचार दिएका छन्।

बोल्सोनारोका वकिलहरूले अनावश्यक रुपमा अत्यधिक सजाय सुनाइएको दाबी गरेका छन्। साथै उनीहरुले पुनरावेदन गर्ने तयारी गरेका छन्।

यसअघि घरमै नजरबन्दमा राखिएका बोल्सोनारो आफ्नो अन्तिम सुनुवाईमा समेत अदालतमा अनुपस्थित भएका छन्। यद्यपि उनले आफूलाई आगामी वर्ष हुने आम निर्वाचनमा उम्मेदवार हुन रोक्नका लागि यस्तो षड्यन्त्र रचिएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation