प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ!

 

१५ असोज, काठमाडौं

ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ छन्। उनलाई सडक सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका– १० बुद्धनगरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तामाङले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation