विपीन जोशीको सम्झनामा ‘विपीन चोक’

१० कार्तिक, महेन्द्रनगर

इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपीन जोशीको सम्झनामा ‘विपीन चोक’ नामकरण गरिएको छ।

आज साँझ एक कार्यक्रमबीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपीन चोक’ नामकरण गरिएको हो। कार्यक्रममा विपीनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामकरण गरिएको थियो।

कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपीन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरे।

“साहसिक व्यक्तित्व स्व. जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ तर उहाँ आफू नरहेर साथीहरूको ज्यान जोगाउनुभयो। उहाँको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बीर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले रहेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउने छौँ”, उनले भने।

वडाध्यक्ष धामीले हाल स्थानीयवासी सहितको चाहनामा वडामा विपीन चोक नामकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल हुने बताए। दीप प्रज्वलन कार्यक्रममा विपीनकी बहिनी पुष्पा जोशीलगायत टोलीवासी उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation