बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनमा माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

१६ कात्तिक, काठमाडौं

सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्फिल साइट पुगेर हालसम्म भएका सहमति पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न स्थानीयले खुलाउने भएका हुन् ।

स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । समस्या समाधानका लागि मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।

स्थानीय बासी र ककनीका जनप्रतिनिधिसँग मन्त्री घिसिङले हालसम्म गरिएका सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी गराए ।

अध्यक्ष तामाङले भने, ‘अहिले सम्म निर्णय गरिएका र हुन नसकेका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्री ज्यूले गर्नुभएको छ । कुनै कारणले त्यो अवधिभित्र पनि सहमति कार्यान्वयन हुन नसके तपाईहरुको विरोध गर्ने अधिकार त छँदैछ भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation