जनार्दनले घोषणा गरे `प्रगतिशील अभियान नेपाल´

 

१८ कात्तिक, काठमाडौं

नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ।

पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै शर्माले प्रगतिशील अभियान, नेपाल नामको राजनीतिक अभियान घोषणा गरे।

पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दशवर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावना विपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation