जितेन्द्र सोनल भन्छन् – प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारियो

२४ कार्तिक, काठमाडौँ

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ प्रतिक्रिया दिएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले मधेश प्रदेशको जनतासँग धोका भएको बताएका छन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौँ हिँडेकी मधेश प्रदेशकी प्रमुख भण्डारीले सोमबार बिचबाटोमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि सोनलको यस्तो प्रतिक्रिया आएको हो ।

‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्’, उनले लेखेका छन्।

विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठूलो दलको हैसियतमा मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation