ओली बाहेक एमालेका सबै हाम्रो पार्टीमा आउँछन् : प्रचण्ड

२६ कार्तीक, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि उनले यस्तो दाबी गरेका हुन्। उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने बताउँदै एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने बताए।

उनले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताए।

प्रचण्डले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।’

गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरू नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation