निवर्तमान आइजीपी खापुङ छानबिनमा, काठमाडौं बाहिर जान रोक

२७ कार्तिक, काठमाडौं

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङलाई काठमाडौंबाट बाहिर जान रोक लगाइएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले आजै देखि लागू हुने गरी उनीमाथि स्थानहद तोकेको हो।

आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा विदेश भ्रमणमा पनि रोक लगाइएको छ।

साथै  उनलाई आयोगको स्वीकृति नलिई काठमाडौं उपत्यका छाड्न नपाउने  व्यवस्थाका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको शर्माले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation