नेकपाको १३८ सदस्यीय केन्द्रीय समिति ! (सूचीसहित)

२८ कार्तिक, काठमाडौँ

नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरूको नामावली रातोपाटीलाई प्राप्त भएको छ ।

गत कात्तिक १९ गते माओवादी र समाजवादीलगायतका दलबिच एकता घोषणा भएको थियो । त्यसअघि एकीकृत दलको केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइएको थियो । जुन दलको संयोजकमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।

अयोगमा बुझाएको सुचीमा तीन नम्बरमा एकीकृत समाजवादीकै झलनाथ खनाल, चार नम्बरमा बामदेव गौतम, पाँचौँमा माओवादीका नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसालको नाम छ ।

आयोगमा बुझाइएको नामावलीमा अन्तिममा अर्थात १३८ नम्बरमा प्रचण्डकी बुहारी समेत रहेकी माओवादी केन्द्रकी नेतृ विना मगर रहेकी छन् ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिलालाई समेटिएको छ ।

नेताहरूका अनुसार आयोगमा बुझाइएको १३८ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन एकीकृत समाजवादीका नेता नेपालसहित ५९, माओवादी केन्द्रका प्रचण्डसहित ५६ रहेका छन् भने बाँकी अन्य दल नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाका नेता रहेका छन् । एकता घोषणपछि डा. भीम रावल नेतृत्वको मातृ भूमि अभियानसमेत सोही पार्टीमा समाहित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation