दुर्गा प्रसाईं घरबाटै पक्राउ !

२ मंसिर, काठमाडौँ 

दुर्गा प्रसाईँ पक्राउ परेका छन्। भक्तपुरस्थित घरमै रहेको अवस्थामा सोमबार मध्यरातमा प्रहरीले मध्यरातमा पक्राउ गरेको हो।

उनीमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएकाले उनलाई  मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ। ​प्रसाईँलाई प्रहरीले भद्रकाली लगेको उनको सचिवालयले जानकारी  दिएको छ।

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए। उनले मंसिर ७ देखि आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यसलाई गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईँ अदालतको आदेशपछि छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation