सिमरामा कर्फ्यू आदेश जारी !

३ मंसिर, काठमाडौं

जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो।

गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ।

नेकपा एमाले निहुँ खोज्ने तरिकाले प्रस्तुत भएको भन्दै जेनजी युवा आक्रोशित भएका छन्। एमाले नेताहरूलाई रोक्न बाराको सिमरा विमानस्थलमै आक्रमणको प्रयास गरेका छन्।

सिमरा विमानस्थलमा उत्रेका एमाले महासचिव शङ्कर पोखरेल, नेता महेश बस्नेतलाई रोक्न जेनजी युवा विमानस्थलमै पुगेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation