विपद्‌मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवासहित पेन्सन

 

४ मंसिर, काठमाडौं

विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो।

यो निर्णयसँगै अब विपद्मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवा हुनुका साथै उनको परिवारले पारिवारिक निवृत्तिभरण पाउने भएका छन्।

यसअघि सशस्त्रको नियमावलीमो नियम ७६ को उपनियम २ मा कुनै प्रकारको मुठभेड वा आक्रमण वा बिस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा मात्रै यस्तो सुविधान दिने उल्लेख थियो।

अबदेखि योसँगै विपद्मा खटिएका बेला मृत्यु भए पनि बढुवासहित निवृत्तीभरण पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation