गोवाको एक नाइट क्लबमा विस्फोट, २३ जनाको मृत्यु

भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर ठूलो दुर्घटना भएको छ।

शनिबार मध्यरातमा भएको विस्फोटपछि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनापछि आगो तीव्ररुपमा फैलिँदा केही व्यक्तिको जलेर र केहीको धुवाँमा निसासिएर मृत्यु भएको बताइएको छ। मृत्यु भएकामध्ये तीन महिला र केही पर्यटकसमेत रहेको गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले बताइका छन्।

घटनाबारे खबर लगत्तै मुख्यमन्त्री सावन्तसहित स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।

आगलागी नियन्त्रणमा लिन प्रहरीले दमकलसहित उद्धार कार्य सञ्चालन गरे पनि ठूलो मानवीय क्षति हुनबाट जोगाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation