ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार

 

५ पुस, काठमाडौं

ग्रीसको क्रिट टापुको दक्षिणमा शुक्रबार बिहान एक डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् ।

लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को गस्ती जहाजले ५३९ जना शरणार्थीको उद्धार गरेको तटरक्षक प्रवक्ताले बतएका छन् ।

उक्त डुङ्गामा बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया, सुडान र प्यालेस्टाइन क्षेत्रका नागरिकको रहेको बताइएको छ ।

उनीहरुलाई सबैभन्दा पहिले क्रेटन शहर रेथिम्नो लगिने उहाँले बताउनुभयो । युरोपेली सङ्घको मानक प्रक्रिया अन्तर्गत सबैको शरणार्थी दाबीको प्रक्रिया अघि स्वास्थ्य जाँच गरिनेछ ।

प्रवक्ताले भने, ‘उनीहरू कुन बन्दरगाहबाट बाहिर निस्केका थिए, अझै स्पष्ट हुन सकेको छैन ।’

गत वर्षदेखि लिबियाबाट आप्रवासीहरूले क्रिट हुँदै युरोपेली सङ्घमा प्रवेश गर्ने प्रयास गरिरहेको बताउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation