त्रिभुवन विमानस्थलबाट २ भारतीय गाँजा तस्कर पक्राउ

७ पुस, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् । चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंहलाई गाँजासहित नियन्त्रणमा लिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानहुँदै बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजमा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

सोही लागुऔषध लिन आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation