दुबईमा मृत्युदण्डको फैसला सुनाइएका अमरबहादुर बचाउ अभियान सुरु

९ पुस, काठमाडौँ

दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुलाका अमरबहादुर बमको बचाउका लागि अभियान थालिएको छ ।

बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी ‘अमरबहादुर बम बचाऊ अभियान’ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे ।
नेपाल सरकारको ध्यानार्कषण गराउन र बमको रिहाइको पहलका लागि दबाब दिन देशव्यापी अभियान थालिएको हो । अभियान अन्तर्गत पहिलो चरणमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिएको अमरबहादुर बम बचाउ अभियानका अभियान्ता जन्मदेव जैसीले बताए ।
आन्दोलनका कार्यक्रममा पुस ११ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, पुस १२ गतेदेखि सामाजिक सञ्जालमा फोटोसहित सरकार निर्दोष अमरलाई बचाउ भनेर अभियान चलाउने, पुस १४ गते राजदूतावासलाइ पत्र बुझाइने अभियानले जनाएको छ ।
त्यस्तै, पुस १६ गते प्रधानमन्त्रीलाई ह्यासट्याग गरेर सामाजिक सञ्जाल अभियान चलाउने, पुस १७ गते प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई एसएमएस पठाउने, पुस २० गते हस्ताक्षर अभियान गर्ने र पुस २२ गते संकलित हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाउने कार्यक्रम समेत घोषणा गरिएको हो । अभियान्ता रजमान तामाङ, अमरबहादुर बमका स्थानीय करनसिंह बडाल पनि अभियानमा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation