७ सय ५० किलो गाँजासहित २ जना पक्राउ

१२ पुस, काठमाडौं

उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् ।

चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए ।

गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation