थाली गाउँमा आगलागी, एक बालकको मृत्यु

१२ पुस, हुम्ला

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा आगलागीबाट एक बालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ लागेको आगलागीमा परेर खार्पुनाथ गाउँपालिका–२ का २ वर्षीय रेबेन्द जेडाराको मृत्यु भएको हो ।

छेपी जेठरा र रामराज जेठराको घर आगलागी हुदाँ २ वर्षका रेबेन्द जेठाराको मृत्यु भएको खार्पुनाथ गाउँपालिका–२ का दया रावलले जानकारी दिए ।

आगलागीबाट घरमा मालसामान जलेर पुरा नष्ट भएको रावलले बताए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता विष्णु श्रेष्ठका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation