नख्खुबाट भागेका एक कैदी पक्राउ !

१४ पुस, सङ्खुवासभा

जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्। केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी सङ्खुवासभाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो। चिचिला–५ का अमित जबरजस्तीकरणी मुद्दामा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय नख्खुमा कैद भुक्तान गरिरहेका थिए।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए। जिल्लामा जेनजी प्रदर्शनका क्रममा भागेको हालसम्म सात कैदीलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ। पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबार कारागार कार्यालय सङ्खुवासभामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation