५ माघ, काठमाडौं
नेपाली कम्युनिस्ट पार्टी -नेकपा_का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । नेकपा रुकुमपूर्वका अनुसार प्रचण्डको स्वागतका लागि तयारी पूरा भएको छ ।
नेकपा रुकुम पूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्डको कार्यतालिका तय भइसकेको छ । ‘सोमबार पुग्नुहुनेछ भने मंगलबार तामझामका साथ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ’, उनले भने ।
प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेर बुधबार मात्र काठमाडौँ फर्कने कार्यतालिका रहेको इन्चार्ज वलीले जानकारी दिए । ‘यस क्रममा उनले जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग विशेष राजनीतिक छलफल र परामर्श समेत गर्नुहुनेछ’, उनले भने ।
यसअघि २०७९ को निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक सुरक्षित स्थान खोज्दै जनयुद्धको आधारभूमि रुकुमपूर्व पुगेका हुन् ।
















