५५ कार्टुन मदिरासहित एक जना पक्राउ !

८ माघपाँचथर

पाँचथरमा ठूलो परिणामको मदिरासहित एक जना पक्राउ परेका छन् ।

भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर -३३ कार्टुनसिक्किमे गोल्ड ४ कार्टुन बरामद गरेको जनाएको छ । यो मदिरा अवैध भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार कार्टुनमा रहेको ६६० बोतल मदिरासहित शंकरलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय झापा बुझाइएको छ ।

काठमाडौंबाट ताप्लेजुङतर्फ गइरहेको बसमा लुकाएर लैजाँदै गरेको मदिरा विशेष सूचनाका आधारमा फिदिमको जोरसालमा पक्राउ गरिएको कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation