कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

८ माघ, काठमाडौं

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

मुख्यसचिव पौडेलले राजीनामा दिएको एक पदाधिकारीले पुष्टि गरेका छन् । पौडेलले राजीनामा दिएकै कारण सचिव प्रकाश शर्माले बिहीबार केन्द्रीय कार्यसमिति बैठकबारे सूचना जारी गरेका थिए ।

नयाँ नेतृत्व चयन भएपछि शुक्रबार पहिलो पटक केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

बैठकले नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गरिने पदाधिकारी स्रोतले जानारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation