९ माघ, प्युठान
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका १४ उम्मेदवारमध्ये १३ जना पुरुष छन् ।
१३ पुरुषलाई चुनौती दिँदै एक महिला उभिएकी छन् । ती हुन्, सीता विक (सम्झना) ।
स्वर्गद्वारी नगरपालिका– ९, गोठीबाङकी सम्झना नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेकी हुन् ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य सम्झना नेकपा माओवादीको नेतृत्वमा गरेको दश वर्षे सश्स्त्र युद्धको क्रममा जनमुक्ति सेनाकी बटालियन कमाण्डर थिइन् । दोस्रो रुकुम खारा आक्रमणका क्रममा आफ्नै आँखाअगाडि उनले जीवनसाथी गुमाएकी थिइन् ।
२०६३ सालको अन्तरिम विधायिका रहेकी सम्झना यसपटक यसपटक संसद् पुग्ने प्रयासमा छिन् ।
















