प्रचण्ड-माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

नेकपाले हरिबोल गजुरेल, (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा) र जिवछ साह (सिराहा) लाई अनुशासनको कारबाही भन्दै पार्टीबाट निकालेको हो।

नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालको संयुक्त हस्ताक्षरमा शनिबार जारी विज्ञप्तिअनुसार ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेकाले विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको हो।’

हेर्नुहोस विज्ञप्ति-