राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान

११ माघ, काठमाडौं

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजे मतदान सुरु भएको थियो । दिउँसो ३ बजेसम्म मतदानको समय तय भएको थियो । निर्धारित समयमै मतदान सम्पन्न भएको छ ।

मतदानको कार्य शान्तिपूर्ण र उत्साहजन रुपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सबै मतपेटिका संकलन भएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation