आज समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

 

१२ माघ, काठमाडौं

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ ।

नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा इन्दु बर्मा छन् भने स्कटल्यान्डको कप्तान क्याथरिन ब्राइस छन् ।

आईसीसी महिला टी-२०आई वरियतामा स्कटल्यान्ड ११औं स्थानमा छ भने नेपाल २१औं स्थानमा छ । तुलनात्मक रूपमा बलियो टोली स्कटल्यान्डविरुद्ध खेल्दा नेपाल जित्‍नैपर्ने दबाबमा हुनेछ ।

नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो । सुपर सिक्समा प्रवेश गर्नका लागि नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ ।

स्कटल्यान्डले एकपटक टी-२० विश्वकप खेलेको छ । गत संस्करण यूएईमा भएको महिला टी-२० विश्वकप २०२४ स्कटल्यान्डले खेलेको थियो । समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।

नेपालले हालसम्म स्कटल्यान्डसँग टी-२०आईमा खेलेको छैन । प्रतियोगिताअघि नेपालले अभ्यास खेल भने खेलेको थियो जहाँ २७ रनले पराजित भएको थियो ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, राजमती ऐरी, रोमा थापा, कविता जोशी, सीता राना मगर, काजल श्रेष्ठ, मनिषा उपाध्याय, रचना चौधरी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation