१४ माघ, काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ ।
११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आयोगले राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् ।
सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
















