प्रचण्ड,
के प्रचण्ड पर्यटक हुन् ?
उत्तर सरल छ-
“हो, उनी पर्यटक हुन्।”
यो उत्तर सुनेपछि
पदार्थको व्याख्या गर्न सकिन्छ।
तर अब प्रचण्डले
व्याख्या होइन,
अनुभूति गर्नुपर्छ।
यहाँको माटो नसुँघी,
यहाँको ढुंगा नछोई,
यहाँको हावा नस्वासेपछि
अनुभूति जन्मिँदैन।
अनुभूति बिना पदार्थ बुझिँदैन,
पदार्थ नबुझी गुण थाहा हुँदैन,
गुण नबुझी परिवर्तन सम्भव हुँदैन।
भौतिक विज्ञानले यही भन्छ-
यही माक्र्सवादको सार हो।
त्यसैले,
पर्यटकहरूले अनुभूति गर्नुपर्छ।
सगरमाथा सोलुखुम्बुले चिनाएको होइन,
न कुनै फुर्बा शेर्पाले चिनाए,
अनुभूतिले चिनाएको हो ।
पर्यटकको अनुभूतिले,
पर्यटकको स्पर्शले ।
हामी पनि यसरी चिनिन चाहन्छौँ।
हाम्रा कमल तालहरू,
हाम्रा सुनदहहरू,
पुथा हिमाल,
सिस्ने हिमाल,
हाम्रा गुरिल्ला ट्रेकहरू,
हाम्रा तालतलैया,
हाम्रा यार्साल्याण्डहरू-
यी सबै
पर्यटकलाई देखाउन चाहन्छौँ,
अनुभूति गराउन चाहन्छौँ।
त्यसैले
रुकुममा पर्यटक अत्यावश्यक छ ।
प्रचण्ड आवश्यक छ ।
प्रचण्ड मात्रै किन ?
सकिन्छ-
पर्यटक बनाएर निमन्त्रणा गरौँ,
गगन थापालाई,
केपी शर्मालाई,
बालेन शाहलाई,
रवि लामिछानेलाई,
राजेन्द्र लिङदेनलाई,
यहाँसम्म कि
पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि।
हामी उनीहरूलाई देखाउनुपर्छ
यहाँको ढुंगा-माटोको सुगन्ध,
सुँघाउनुपर्छ यहाँको हावापानी,
घुमाउनुपर्छ गुरिल्ला ट्रेकहरू…..।
तब पो अनुभूति जन्मिन्छ,
तब पो राज्यले महसुस गर्छ,
चिन्छ ।
देशले नचिने
विदेशीले कसरी चिन्छ ?
कोदोममा लुकाएर
हिरा बिक्दैन ।
त्यसैले,
हामी खुल्नुपर्छ,
देखाउनुपर्छ,
देखिनुपर्छ,
सुँघाउनुपर्छ हाम्रा सुगन्धहरू-
तब जाग्नेछ उनिहरु भित्र अनुभूति ।
त्यसैले,
खुल्ला हृदयले
स्वागत गरौँ पर्यटकहरूलाई,
स्वागत गरौँ
















