सो पार्टीको केन्द्रीय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव विप्लवको जिकिर थियो। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर लैजाने सहमतीबाट भागेर प्रचण्डले सो पार्टी बनाएको आरोप समेत लगाए।
महासचिव विप्लवले धेरै मानिस जम्मा गरेर कम्युनिष्ट ठूलो भयो भन्ने ठान्नेहरुसँग आफूहरुको एकता हुन नसक्ने पनि बताए। महासचिव विप्लवले निर्वाचनको प्रचार अभियानका क्रममा आफू देश दौडाहामा निस्कने पनि बताए।
















