विद्यालय प्रशासनको मनमानी: किन दिइयो आर्थिक सहयोग नगरेकालाई नगद सहयोगको प्रमाणपत्र ?

२२ माघ, प्युठान

विभिन्न घटनाक्रमले चर्चा र विवादको केन्द्रमा रहेको भुमी विकास माध्यमिक विद्यालयमा आर्थिक सहयोग नै नगरेको मानिसलाई आर्थिक सहयोग गरेको प्रमाणपत्र प्रदान गरिएको विषयले पुनः विवाद उत्पन्न गराएको छ । विद्यालयमा १ रुपैयाँ पनि नगद सहयोग नगरेको व्यक्तिलाई रु. ५,५५५ रुपैयाँ सहयोग गरेको भनि सम्मानपत्र घरमै डेलिभरी गरिएको घटनाले विवाद सतहमा ल्याएको हो ।

प्यूठानको मल्लरानी गाउँपालिका ५ मा रहेको सो विद्यालयको ५० औं वार्षिकोत्सब तथा मावि विद्यालय घोषणा कार्यक्रम मनाउने क्रममा उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र गाउँपालिकाका अध्यक्षको संयुक्त हस्ताक्षरसहित कत्ति पनि नगद आर्थिक सहयोग नगरेको व्यक्तिलाई पाँच हजार भन्दा बढी रकम सहयोग गरेको भनि मंगलबार स्थानीय व्यवसायी तथा विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य मुकुन्द्र मल्ललाई सम्मानपत्र प्रदान गरिएको थियो ।
बिना सल्लाह, छलफल र सहमति विपरित मुकुन्द्र मल्ललाई सम्मानपत्र घरमा पु¥याइदिएपछि मल्लले आपूmले कत्ति पनि नगद सहयोग नगरेको अवस्थामा विद्यालयले सम्मानपत्र घरमा पठाइदिएको विषयलाई सामाजिक सञ्जालमामार्फत असहमति जनाएका हुन् ।

उनले आफू विद्यालय व्यवस्थापन समितिको सदस्य रहँदा विद्यालयलाई मावि स्थापनार्थ स्थानीयसँग उठाइएको सहयोग अभियानमा खटिएको एक सदस्य पनि रहेको हुनाले सो अभियानमा रहने सदस्यहरुले मोटरसाइकलमा पेट्रोल हाल्ने, नास्ता तथा अन्य खर्च उठेको रकमबाट कटाउने भन्ने विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले भनेको भएपनि आफूले त्यसरी रकम राख्नु नाजायज भएको ठहर गर्दै सो रकम लिन अस्वीकार गरेको हामीसँग बताए । चन्दा संकलन अभियानबापतको खर्च कट्ने गरीे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन पन्तले जबरजस्त आफूलाई प्रमाणपत्र भिराएर घरमा पठाइदिएकोले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

मल्लले आफूले विद्यालय सहित विभिन्न सामाजिक संघसंस्थाहरूमा निस्वार्थ ढंगले सहयोग गर्ने र कुनै व्यक्तिगत लाभ लिने इच्छा नभएको कारण सो प्रमाणपत्र घरमा पठाइदिनु विद्यालय व्यवस्थापन समितिको गम्भीर कमजोरी भएको हामीसँग बताएका छन् । सहयोग अभियानमा जोडिएका निजको पहलमा उनका बुबाले १ लाख रकम चन्दाबापतको चन्दा रकम उपलब्ध गराएको र आफूले पनि व्यक्तिगत रुपमा थप रकम घोषणा गरेर विद्यालयलाई दिने इच्छा भएको कारण सो रकम लिन अस्वीकार गरिएको बताएका छन् । कुनैपनि सामाजिक काम गर्दा नगद सेवा लिने प्रवृत्तिले भावी पुस्तामा निस्वार्थ सहयोगको भावनामा ह्रास आउन सक्ने कुरालाई मध्यनजर गरेर आपूmले विद्यालयबाट रकम नलिने बरु विद्यालयलाई आपूm सक्दो सहयोग गर्ने उद्देश्य भएपनि विद्यालय परिवारले प्रयाप्त समन्यव नगर्दा आपूmलाई खिन्न बनाएकोले सामाजिक सञ्जालमा सो विषय सार्वजनिक गर्न बाध्य भएको बताएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन पन्तले आफूले कसैलाई पनि पक्षपात नगर्ने उद्देश्यले आफ्नै टिमको सदस्य तथा आर्थिक अभियानका सहयात्रीलाई सम्मानपत्र पठाइएको बताए । अध्यक्षले संकलन अभियानमा भएको खर्च रकम कट्टी हुनेगरी निजलाई प्रदान गरिएको बताएका छन् । विद्यालय प्रशासनले चिठी काटेर बोलाउँदा पनि कार्यक्रममा अनुपस्थित भएपछि पक्षपात होला भन्ने ठहरका साथ घरमा प्रमाणपत्र पठाइएको यद्यपि उनीसँग पर्याप्त छलफल, जानकारी र सहकार्य हुन नसकेकोमा गल्ती भएको महसुस गर्दै आगामी दिनमा यस्ता प्रकारका गल्तीहरुबाट आफू सच्चिन तयार रहेको बताएका छन् । हामीले विद्यालयमा निस्वार्थ ढंगले सहयोग गर्नुपर्ने ठाउँमा किन तपाईहरुले पैसा खाएर रकम संकलन गरेको भन्ने प्रश्नमा उनले आजको समयमा कोही पनि सामाजिक काममा निस्वार्थ ढंगले लाग्ने पात्र नभेटिने भएकोले पेट्रोल र खाजा खर्चबापतको रकम हिसाब गरि प्रमाणपत्रमा रकम उल्लेख गरिएको बताएका छन् ।

उत्पन्न समस्याको विषयका त्रिपक्षीय बसाइ गरेर समस्याको समाधान गरिने र आगामी दिनमा यस्ता गल्ती कमजोरी नगरिने हामीसँग प्रतिबद्धता जनाएका छन् । यहाँ रोचक विषय त के छ भने मुकुन्द बहादुर मल्लले चन्दा संकलन अभियानमा लागेको खर्च बापतको रकम लिंदैन, बरु मैले विद्यालयलाई थप आर्थिक सहयोग गर्न तम्तयार छुँ भन्दाभन्दै जबरजस्त प्रमाणपत्र घरमा पू¥याउनुले किन उनलाई सामाजिक सहयोग गर्ने कार्यमा रोक्न खोजियो भन्ने हो ।

विद्यालयका प्रधानाध्यापक बिमल श्रेष्ठले यस विषयको सम्पूर्ण जिम्मा अध्यक्षले नै लिएको हुनाले अध्यक्षले भनेको कुरा मान्न आफू विवश भएको बताउँदै यसकोे समाधान गर्न सरोकारवाला प्रतिबद्ध हुनुपर्ने बताएका छन् । प्रधानाध्यापकले सम्बन्धित परिवारलाई कार्यक्रममा बोलाउन नसक्नु र पर्याप्त सूचना प्रवाह गरी कार्यक्रममा उपस्थित गराउन नसक्नु दुःखको विषय भएको बताएका छन् । उनले आगामी दिनमा यस्ताखाले गल्ती कमजोरीबाट पाठ सिक्दै विद्यालयलाई नयाँ ढंगले अगाडि बढाउने वाचा समेत गरेका छन् ।

विकट पहाडको फेँदीमा रहेको सो विद्यालयमा चालु शैक्षिक सत्रबाट कक्षा १० मा पहिलो ब्याचको पठनपाठन सुरु गरिएको छ भने विद्यालयमा करिब एक सय ८० विद्यार्थी अध्ययनरत छन् । विगतमा बालिकाको आत्महत्या होस् वा स्थानीय तहका प्रमुख एवं् प्रमुख प्रशासकीय अधिकृत लगायतलाई कालोमोसो दलिएको घटना, भर्खरै मात्रै भएको आगलागी होस् वा जबरजस्त प्रधानाध्यापक छान्ने र हटाउने घटना नै किन नहोस् यस्ता घटनाले शिक्षा प्रदान गर्ने पवित्र थलोको ऐतिहासिक विरासतलाई गम्भीर चुनौति दिन्छ र विद्यालय जस्तो पवित्र मन्दिरमा गरिने स्वार्थमा आधारित राजनैतिक खिचातानीले हाम्रा सम्पूर्ण सार्वजनिक संस्थाको कामकारबाही र सेवा प्रवाहमा समस्या उत्पन्न हुन्छ । त्यसकारण यस्ता सार्वजनिक महत्वका विषयमा सरोकारवालाहरुले समयमै उचित ध्यान खिच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation