रौतहट बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिनको म्याद थप

 

२३ माघ, काठमाडौं

रौतहटमा चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका कार चालकविरुद्ध ५ दिन म्याद थप भएको छ ।

बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक रौतटहकै परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएको बताए ।

मुस्ताखले चलाएको कारलाई बिहीबार २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो ।

उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको छ । उनकै चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो । त्यतिबेला कारमा भने सगिर सवार नरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation