वरिष्ठ कलाकार सुनिल थापाको निधन !

२४ माघकाठमाडौं

सिने क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो ।

‘अस्पतालमा ल्याउँदा नै अनकन्सिएस अवस्थामा हुनुहुन्थ्यो । कार्डियाक अरेस्ट भएको अनुमान छ’, अस्पताल स्रोतले भन्यो, ‘ हस्पिटल आउने बित्तिकै ईसीजी गरिहाले थियो । ईसीजी गर्दा नै मृत्यु कन्फर्म भयाे ।’

उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation