धादिङमा दुईवटा बस एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु 

२५ माघ, काठमाडौं

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेसीमा नजिकै दुईवटा यात्रु बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

काठमाडौंबाट रसुवाको लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौ आउदै गरेको प्रदेश ३ –०१००६ ख १५५२ नम्बरको बस एक आपसमा ठोक्किँदा  चिया पिउदै गरेका एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार ठक्करपछि बस अनियन्त्रित भइ सडक किनारामा रहेको चिया पसलमा ठोक्किन पुग्दा चिया पिउँदै गरेका ३५ वर्षीय सुजन तामाङको ज्यान गएको हो । दुर्घटनामा परि घाइते भएका चिया पसले खगेश्वर शर्मा र बसमा सवार सफलता पुलामी घाइते भएका छन् । शर्माको बिएनबी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation