प्रचण्ड भन्छन् : विरोधीहरूले पनि नेकपाले जित्छ भन्न थालिसके

२८ माघ, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड‘’ले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढेको दावी गरेका छन्।

बुधवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्ष राजनीतिक दलले समेत निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको दावी गरे।

उनले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले नयाँ भनिएका राजनीतिक दलहरुले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिए पनि पुराना ठाउँमा त्यो नदिएको बताए।

प्रचण्डले आफ्नो पार्टी, काँग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिस्पर्धा हुने पनि बताए। उनले आगामी १०, १५ दिनभित्र नेपाली कम्युनिष्ट पार्टीले अन्य पार्टीलाई पछाडि पारेर निर्वाचनको माहोल बनाउने विश्वास व्यक्त गरे।

प्रचण्डले भने, ‘मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरु, विपक्ष राजनीतिक दल, बुद्धिजीवीहरु, पत्रकारहरु सबैले पनि आज भोलि भन्न के थालेको छन् भने– नेपाली कम्युनिष्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ। पहिला त हामीलाई बडो हेपेर भन्ने गर्थे–एकदम कम ल्याउँछ, भनेजस्तो आउँदै आउँदैन भन्थे केही मान्छेहरु। मलाई लाग्छ–आउँदो १०, १५ दिनपछि नेपाली कम्युनिष्ट पार्टीले टप्यो, गइसक्यो अगाडि भन्ने वातावरण बन्नेछ भन्ने मेरो विश्वास छ। हामी सबैले मेहनत ग¥यौँ भने अहिले त्यो परिस्थिति बन्दै छ।’

उनले नेपाली कम्युनिष्ट पार्टी नयाँ र सबैभन्दा भिजन भएको पार्टी भएको भन्दै त्यसमा हजारौँ युवा पुस्ताले साथ दिएको बताए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation