२९ माघ, देउखुरी
विपरित दिशाबाट आइरहेकाे ट्रिपरले अटाेलाई ठक्कर दिँदा ५ जना गम्भीर घाइते भएका छन् ।
दाङकाे भालुवाङ नजिकै रहेकाे राप्ती पेट्रोल पम्पनेर भएको साे दुर्घटनामा ४ जना विद्यार्थी र एक अटाे चालक गम्भीर घाइते भएका हुन ।
घाइते ३ जना गाेरखा बाेर्डिङका विद्यार्थी छन् भने एकजना विद्यार्थी काे पहिचान खुलेको छैन । घटना बिहान करिब साढे ६ बजे घटेकाे स्थानीयले बताएका छन् ।
पूर्वपश्चिम राजमार्गकाे गढवा गाउँपालिकामा पर्ने सडक खण्डमा साे दुर्घटनामा भएको हाे । अहिले घटना स्थलमा स्थानीय र प्रहरीले घाइतेकाे उद्दार गरि अस्पतालमा लगिएको छ ।
घाइतेको पहिचान हुन सकेकाे छैन ।















