अटो दुर्घटना अपडेट: घाइते चालककाे मृत्यु, घाइते विद्यार्थीलाई बुटवल रिफर

 

२९ माघ, दाङ

देउखुरीको कालाकाटे क्षेत्रमा अटो र टिप्पर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान साढे ६ बजेको समयमा भालुवाङबाट कालाकाटेतर्फ जाँदै गरेको ना ८ ख ३२६४ नम्बरको टिप्पर र कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको रा १ ह ७३५५ नम्बरको अटो आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक पुनलाई उपचारका लागि भालुवाङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पुनको शव हाल भालुवाङ अस्पतालमा राखिएको छ ।

दुर्घटनामा संलग्न टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिएका छन् ।
अटोमा विद्यालय जान लागेको ४ जना विद्यार्थी सवार रहेको सबैलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

घाइते हुने विद्यार्थीमा गढवा गाउँपालिका वडा नं.१ कालाकाटे बस्ने अन्दाजी १५ को सुशान्त पुन जसकाे टाउको मुख र हातमा चोट लागेकाे छ । उनकाे अवस्था गम्भीर छ । त्यस्तै साेही ठाउँका अन्दाजी १४ को विवश घर्ति रहेका छन् । उनकाे अवस्था मध्यम रहेको छ अर्का घाइतेमध्ये साेही ठाउँकै १६ को समर्पण पुन रहेका छन् ।दुर्घटनामा परि १५ वर्षीय दिप्शन रावत रहेका छन् । घाइते सबै एउटै गाउँका भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation