माओवादीले नेतृत्व गरेका ३ पालिकाले दिए उत्कृष्ट नतिजा

देशभरका ७५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा ८० अंक कटाउने देशभरका चार पालिका भएका छन् ।

अर्घाखाँचीको पाणिनि गाउँपालिका ८३.८४ सर्वोत्कृष्ट हुँदा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अंकसहितम दोस्रो भएको छ भने गुल्मीको मालिका गाउँपालिका ८१.९८ अंकसहित तेस्रो र गुल्मीकै भुर्कोट गाउँपालिका ८०.५२ अंकसहित चौथो भएको छ ।

चार उत्कृष्ढ पालिकामध्ये तीन वटामा नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्र) को नेतृत्व रहेको छ । एउटा पालिकामा भने नेकपा एमालेको नेतृत्व छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार उत्कृष्ट भएको पाणिनी गाउँपालिकामा नेकपा एमालेको नेतृत्व छ भने अन्य तीन पालिकामा नेकपाको नेतृत्व छ । पाणिनीमा एमालेका टेकराज न्यौपाने अध्यक्ष छन् ।

यस्तै, चौरजहारी नेकपाका पुष्प वादी प्रमुख छन् भने गुल्मीको मालिका गाउँपालिका नेकपाका देविराम अर्याल र भुर्कोट गाउँपालिका नेकपाकै भुपाल पोखरेल अध्यक्ष छन् । वित्त आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ ।

यस्तै, १० असारभित्र बजेट सार्वजनिक गरे वा नगरेको, असार मसान्तभित्र बजेट पास गरे वा नगरेकोसमेत उल्लेख छ । आर्थिक वर्ष २०८१–८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे वा नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ । आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए वा नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे वा नगरेकोलाई समेत सूचक मानिएको छ ।

कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर आएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाले ३०.९१ अंक पाएको छ । देवाही गोनाहीमा एमालेका प्रेमलाल साह अध्यक्ष छन् । यस्तै धनुषाको धनौजी गाउँपालिले ३१.८१ अंक पाएको छ । सो गाउँपालिकामा नेपाली काँग्रेसका राजकुमार साह अध्यक्ष छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation