२ फागुन, घोराही
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले यस वर्षको गोतामे पत्रकारिता स्वर्ण पदक दाङका अग्रज पत्रकार नारायणप्रसाद शर्मालाई प्रदान गरेको छ ।
शनिबार बिहान घोराहीमा आयोजित कार्यक्रममा शर्मालाई एक तोला सुनको तक्मासहितको पदक प्रदान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष पुरूषोतम खनालले तक्मा लगाई सम्मान गरेका थिए ।
९५ वर्षीय शर्मा पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष हुन् । उनी प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष पनि हुन् । शर्मा ४९ वर्षदेखि घोराहीबाट प्रकाशन हुँदै आएको नयाँ युगबोध दैनिकका संस्थापक हुन् ।
















