रामेछाप बस दुर्घटनामा बेपत्ता भएका बालकको शव फेला

४ फागुन, काभ्रेपलाञ्चोक

रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा भेटिएको छ ।

गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सोमबार भेटिएको शव कृचनकै भएको र कृचनका ठूलोबुबा युवराज तामाङले सनाखत गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

बालकको शव भेटिएसँगै रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । तामाकोशी नदीमा खसेको बसमा सवार १२ जनाको यसअघि नै शव फेला परेको थियो ।

रामेछाप मन्थली नगरपालिका-६ बेनीघाट पुल नजिकै २७ माघमा प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation