खुकुरी देखाउँदै मोटरसाइकल लुट्ने २ जना पक्राउ

५ फागुन, काठमाडौं

नागार्जुन नगरपालिका–२ सानो भर्‍याङमा खुकुरी देखाउँदै मोटरसाइकल लुटिएको छ । मोटरसाइकल लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रामेछाप घर भइ ठूलो भर्‍याङ बस्ने १९ वर्षीय अनिश सोनाम र रसुवाको धुन्चे घर भइ सानो भर्‍याङ बस्ने १८ वर्षीय राजन तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले ३ फागुनको राति ११ बजेतिर सानो भर्‍याङस्थित आर्मी मेडिकल कलेज नजिकैको सडक खण्डमा मोटरसाइकल लुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

बागमती प्रदेश ०२–०२६ प ५३१० नम्बरको मोटरसाइकल चलाइरहेका व्यक्तिलाई उनीहरूले खुकुरी देखाउँदै ज्यान मार्ने धम्की दिएर मोटरसाइकल लुटेको एसपी भट्टराईले बताए ।

पक्राउ परेकाहरूविरुद्ध डाँका चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनीहरूबाट खुकुरी, मोटरसाइकल पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation