गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चलाउँछौं : रवि लामिछाने

७ फागुन, काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै गरिबको बस्तीमा नभई भ्रष्टाचारीको महलमा डोजर चलाइने बताएका हुन् ।

‘कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ । बस्तीमा डोजर चल्छ भनिएको छ,’ उनले भने, ‘गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चलाउँछौँ । हामी गरिबको व्यवस्थापन गर्छौँ ।’

उनले रास्वपाका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्दै थपे, ‘अहिले तपाईंले घण्टी बजाउनुहोस् ५ वर्षपछि केही गर्न सकेनौँ भने राजनीतिक रुपमा त्यही घण्टीले हामीलाई बजाइदिनुस् ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation