८ फागुन, दाङ
दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाईदिएका छन्।
महासचिव शंकर पोखरेलको गृहनगर समेत रहेको दाङमा हिजो राति पार्टी सभापति रवि लामिानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह भएको झण्डा जलाएका हुन्। चुनावी गतिविधि गर्न पाउने हरेक दलको राजनीतिक अधिकार भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोधसँगै सो घटनामा सगलग्न दोषीउपर कानुनी कारबाहीको माग भइरहँदा शंकर पोख्रेलले भने सो घटनाबारे कुनै प्रतिक्रिया जनाएका छैनन । पार्टी महासचिव समेत रहेका शंकर पोख्रेल आफ्नै चुनावी क्षेत्र तथा गृहनगरमा पार्टीको झण्डा जलेको विषयमा नबोल्नु् आश्चर्यको विषय भएको सरोकारवालाहरु बनाउने गर्छन् ।
उनीहरुले पोखरेल र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेको सार्वजनिक भिडियो फुटेजहरुमा सुन्न सकिन्छ।
रास्वपाको अराजकताः एमालेको झण्डा जलाउनेलाई कारबाहीको माग, किन मौन छन् शंकर रु
हिजो सुर्खेतको सभा सकेर लामिछाने तुलसीपुर हुँदै घोराही पुगेका छन्। वरिष्ठ नेता बालेन्द्र साह भने स्वास्थ्यमा समस्या देखिएपछि हिजो साझै सुर्खेतबाट काठमाडौं फर्किएका छन्।
रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ। तर, पूर्वसन्ध्यामा भएका घटनाप्रति एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट विरोध जनाएकी छन्।
चुनाव प्रचार गर्न पाइने भए पनि अर्को पार्टीको झण्डा जलाउनेजस्ता अराजकता स्वीकार्य नहुने उनको भनाइ छ
















