साहित्यकार पाण्डेकाे “आवाज” कृतिको सार्वजनिक तथा परिचर्चा सम्पन्न

९ फागुन, दाङ

सामाजिक यथार्थमा आधारित लघुकथा आवाज कृतिको एक समाराेहबिच विमाेचित भएको छ । राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा घाेराहीस्थित नेपाल पत्रकार महासंघकाे सभाहलमा शनिबार साे कृतिको विमाेचन एवम् परिचर्चा गरिएको हाे ।

यसअघि सुरेशकुमार पाण्डेले ‘अन्धकार चिर्ने दीयो’ र ‘देशभक्ति आवाज’ नामक दुई गजलसङ्ग्रह, ‘अनुभव’ (हिन्दी) र ‘जेईको सम्झना’ (नेपाली) नामक दुई लघुकथासङ्ग्रह प्रकाशित गरिसकेका छन् ।

समीक्षक बनसन्त अनुभवले पाण्डेकाे लघुकथामा नेपालकाे सामाजिक क्षेत्रमा व्याप्त विभिन्न सवालबारे तितामिठा अनुभूति समेटिएकोले सबैकाे निम्ति “आवाज” लघुकथा पठनीय सामाग्री भएको बताए ।

उनले १२ वर्षदेखि परिवारकाे लालनपालन र रेखदेखकाे लागि भारतमा मजदुरी गर्न विवश भई औपचारिक शिक्षाको अभावमा पनि स्वअध्ययन र लेखनकाे कलामार्फत साहित्यीक कृति पस्कन सक्नु चानचुने कुरा नभएको बताउँदै गजलकार एवम् कथाकार सुरेशकुमार पाण्डेका हरेक रचना वर्ग विभेद, असल विचारकाे जागरण, सामाजिक यथार्थता आदि विषयलाई मसिनाेगरि पक्रनसक्ने लेखककाे रुपमा स्थापित हुन सफल भएको बताए ।

लेखक स्वयं पनि राप्ती साहित्य परिषद दाङ शाखाका उपाध्यक्ष हुन् ।

लेखककाे तर्फबाट अनुभव मन्तव्य राख्दै
कृतिकार सुरेशकुमार पाण्डेले हरेक लेखकका कृति कालजयी नहुन सक्ने विषय राखे । २१० बाट छाँटेर १२२ वटा मात्र समावेश गरिएको । सानै उमेरदेखि भारतमा मजदुरी गर्दै हुर्केको हुनाले कैयौं विषयमा भारतीय लवज आएकाे हुनसक्ने बताउँदै आफू सिकारु विद्यार्थी भएकोले कथामा रहेका कमीकमजाेरीहरुलाई विज्ञ पाठकहरुले औंल्याइदिएर सुझाव एवम् प्रतिक्रिया दिनकाे निम्ति अपिल गरे । अनाैपचारिक शिक्षाकाे बाबजुद जीवनका दुख, दुख, खुसी र पीडामय पलका विभिन्न अनुभवलाई समेटेर आफूले कृतिहरु प्रकाशन गरिरहेकाे बताए ।

उनले समाजमा व्याप्त व्यभिचार, महिला हिंसा, राजनीतिक तथा कर्मचारी क्षेत्रमा व्याप्त भ्रष्टाचार, धार्मिक कुरिती र कुसंस्कार, अराजकता र विचारविहिनताका विषयलाई उठाएर सामाजिक एवम् राजनीतिक चेतना अभिवृद्धि गर्न सफल भएको वक्ताहरुले बताएका छन् ।

कार्यक्रममा शताब्दी पुरुष नारायण प्रसाद शर्मा, साहित्यकार पुरुषाेत्तम खनाद, साहित्यकार उत्तमकृष्ण मजगैयाँ, यम रेग्मी, डां अमर गिरी, सविन प्रियासन लगायतले मन्तव्य राखेका थिए ।

लेखकले १७ वर्षदेखि प्रवासीहरुकाे हक र अधिकारकाे पैरवी गर्ने संगठन अखिल नेपाल भारत एकता समाजमा लामाे सेवा निवृत्त नहुँदासम्म सक्रिय रुपमा काम गर्दाका कैयौं अनुभवहरु पनि आफ्ना कृतिमा समेटेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation